क्लब विश्वकपको उपाधि रियल म्याड्रिडले जित्यो

लोकपथ
0
Shares

रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै रियल म्याड्रिडले विश्वकपको उपाधि जितेको हो ।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाई हराउँदा रियल आफ्नो पाँचौ उपाधि रक्षा गर्न सफल भयो ।

जसमा रियलको भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए ।

अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल मात्रै गरेपछि उपबिजेतामा चित्त बुझायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?