भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई पक्राउ गर्दै टर्की सरकार

लोकपथ
91
Shares
This aerial view shows residents, aided by heavy equipment, searching for victims and survivors amidst the rubble of collapsed buildings following an earthquake in the village of Besnia near the twon of Harim, in Syria’s rebel-held noryhwestern Idlib province on the border with Turkey, on February 6, 2022. – Hundreds have been reportedly killed in north Syria after a 7.8-magnitude earthquake that originated in Turkey and was felt across neighbouring countries. (Photo by Omar HAJ KADOUR / AFP) (Photo by OMAR HAJ KADOUR/AFP via Getty Images)

काठमाडौं । टर्कीसिरियामा गएको भूकम्पका कारण हालसम्म २९ हजार बढी मानीसहरुले ज्यान गुमाइसकेका छन् । ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका धेरै भवनहरु भत्किएका छन् ।

भवनहरु भत्किएपछि भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको भन्दै टर्की सरकारले हाल ठेकेदारहरूलाई पक्राउ गरिरहेको छ।सञ्चार माध्यमका अनुसार हालसम्म विभिन्न १० सहरका १०० जना बढी ठेकेदार पक्राउ परिसकेका छन्।

मापदण्ड पूरा नगरी भवन बनाउनेविरूद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन टर्की सरकारले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?