काठमाडौं । साउदी अरब यतिबेला परिवर्तनको कालखण्डबाट गुज्रिरहेको छ । साउदीले साराविश्वको ध्यान आफूतिर खिंचेको छ । साउदीले पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने निर्णय गरेको छ । यो खबरले हाल धेरै मानिसको ध्यान त्यसतर्फ गएको छ ।
रायना बर्नावी साउदी अरेबियाकी पहिलो महिला अन्तरिक्ष यात्री हुनेछिन् । रायनाले यस वर्षको अन्त्यमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन फ्लोरिडाबाट उडान भर्नेछिन्। रायना बर्नावीसँगै साउदी अरबका अन्तरिक्ष यात्री अली अल कर्नी पनि अन्तरिक्षमा जानेछन् । यसअघि सन् २०१९ मा युएईका अन्तरिक्ष यात्री हज्जा अल मन्सुरीले पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ दिन बिताइसकेका छन् ।
को हुन् रायना बर्नावी ?
रायना बर्नावी बायोमेडिकल रिसर्चर हुन् । ३३ वर्षीया रायना बर्नावी साउदी अन्तरिक्ष यात्री हुन् । उनलाई साउदी अन्तरिक्ष आयोगले Axiom Mission 2 मिसनका लागि चयन गरिएको थियो । उनले अन्तरिक्ष यात्रीको रूपमा आधिकारिकता १२ फेब्रुअरी २०२३ मा पाएकी हुन् ।
उनले ओटागो विश्वविद्यालयबाट बायोमेडिकलमा स्नातक डिग्री हासिल गरेकी छिन् । उनले अल्फेसल युनिभर्सिटीबाट बायोमेडिकल विज्ञानमा मास्टर डिग्री पनि लिएकी छिन् । जहाँ उनले स्तन क्यान्सर स्टेम सेलहरूको आसंजनको अध्ययन गरिन् ।
उनीसँग क्यान्सर स्टेम सेल अनुसन्धानमा नौ वर्षको अनुभव छ। छनोट हुँदा उनी रियादको किंग फैसल विशेषज्ञ अस्पताल र अनुसन्धान केन्द्रमा अनुसन्धान प्रयोगशाला प्राविधिकको रूपमा काम गरिरहेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया