विश्व फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । 

फिफाले निकालेको नयाँ वरियतामा नेपाल एक स्थान माथि उक्लिदैं १ सय ६१ औँ स्थानमा छ । दक्षिण एशियाली राष्ट्र माल्दिभ्स भने १ सय ५२ औँ स्थानमा छ । भारत ९७ औँ स्थानमा यथावत छ।

त्यस्तै भुटान १ सय ८३ औँ स्थानमा, बंगलादेश १ सय ९२ औँ स्थानमा तथा पाकिस्तान १ सय ९९ औँ स्थानमा छ । श्रीलंका भने २ सय १ स्थानमा छ । नयाँ फिफा वरियतामा बेल्जियम पहिलो स्थानमा छ ।

विश्वविजेता फ्रान्स दोस्रो स्थानमा, ब्राजिल तेस्रो, क्रोशिया चौथो तथा इंग्ल्याण्ड पाँचौ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?