गुडिरहेको रेलको ६ वटा डिब्बा पटरीबाट बाहिरिएपछि…

लोकपथ
112
Shares

काठमाडौं । भारतको तेलगानाको बिबिनगरमा बुधबार बिहान रेल दुर्घटना भएको खबर सार्वजनिक भएको छ । आन्ध्र प्रदेशको विशाखापट्टनमबाट तेलंगानाको सिकन्दराबाद जाँदै गरेको गोदावरी एक्सप्रेस रेलको छ वटा डिब्बा पटरीबाट बाहिरिएको थियो ।

यद्यपी यस दुर्घटनामा कुनै मानवीय वा क्षति नभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण-मध्य रेलवे अधिकारीहरूले घटनाको कारण अनुसन्धान गरिरहेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?