काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले पहिलो जीत निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ४ मिनेट पनि बित्न नपाउँदै मछिन्दका संजय राजबहाकले आत्मघाती गोल गरे ।
१८ औँ मिनेटमा मछिन्द्रका विशाल राईले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यस्तै २३ औँ मिनेटमा मछिन्द्रका डियामान्डेले गोल गरे । २५ औँ मिनेटमा मछिन्द्रका अनिल गुरुङले गोल गर्दै खेललाई ३-१ गोल अन्तरको अग्रता दिलाए ।
खेलको ३७ औँ मिनेटमा सरस्वतीका लागि फ्रान्सिसले गोल गर्दै खेललाई ३-२ को स्थितीमा ल्याए । दोस्रो हाफको मछिन्द्रले थप एक गोल थप्यो ।
मछिन्द्रका विकाश राईले पेनाल्टीमार्फत गोल गरेपछि सरस्वती क्लब स्तब्ध बनेको थियो । जितपछि मछिन्द्र क्लब १० खेलबाट ६ अंक जोड्दै लिगको ११ औँ स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया