मोटरसाइकलको ठक्‍करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्‍करबाट करिब ५० वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ।

बिहीबार राति ९ बजेतिर मेचीनगर नगरपालिका- १२ कालिझोडामा मोटरसाइकल ठक्‍कर दिएको हो । 

घाइते पुरुषको उपचारको क्रममा राति नै बिएण्डसी अस्पतालमा मृत्यु भएको हो भने  उनको नाम र ठेगाना खुलेको छैन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ठक्‍कर दिने मोटरसाइकलको खोजि भइरहेको र मृतकको पनि सनाखत हुन नसकेकाले अनुसन्धान जारी रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?