ईपीएल फाइनल : ललितपुरद्वारा भैरहवालाई १ सय ५६ रनको लक्ष्य पेश

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको फाइनलमा ललितपुरले भैरहवा विरुद्ध १ सय ५६ रनको लक्ष्य पेश गरेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

ललितपुरका ओपनर जयकिसन कोल्सावालाले ५२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५७ रन बनाए । उनले गौरव तोमरसँग मिलेर पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्दै तोमरले २३ रन बनाए ।

सन्दीप जोराले ११ बलमा २४ रनको विष्फोटक इनिङ्स खेले । कप्तान ज्ञानेन्द्र मल्लले १० र कुशल भुर्तेलले ११ रन बनाए । 

बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । रायन टेन डोस्क्याथे र मोहम्मद नाविदले २–२ विकेट लिए ।

टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधिका लागि भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रियटसबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ः३० बजेदेखि शुरु भएको फाइनलमा दुवै टोली ईपीएलको पहिलो उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?