काठमाडौं । नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नामिबियाले दिएको २७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो ।
ज्ञानेन्द्रले ७४ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौँ अर्धशतक पूरा गरे । यसअघि नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो ।
कुशल एक रनमा आउट भए । आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गर्दै नेपाललाई उकासेका हुन् । आशिफ ६९ रन बनाएर खेलिरहेका छन् । आशिफको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ अर्धशतक हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया