ललितपुर प्याट्रिएटसले जित्यो ईपीलको उपाधि

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि ललितपुर प्याट्रिएटसले जितेको छ । 

शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा भैरहवा ग्लाडिएटर्समाथि रोमाञ्चक जित हात पार्दै ललितपुरले ईपीएल क्रिकेटको उपाधि जितेको हो ।

ललितपुरले भैरहवा ग्लाडिएटर्सलाई १४ रनले हराएको हो ।

उपाधिसँगै ललितपुरले २५ लाख प्राप्त गरेको छ । 

उपविजेता बनेको भैरहवाले १० लाख प्राप्त गरेको छ । भैरहवा पुनः दोस्रो पटक उपविजेता बनेको हो । गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो । 

ललितपुरले दिएको १ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १ सय ४१ रन बनाउन सक्यो  ।

भैरहवाका लागि प्रदीप ऐरीले ३४ रन जोड्दा रबी इन्दर सिंहले २९ रन जोडे । यस्तै कुशल मल्लले १६ रन जोडे भने कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४–१४ रनमा आउट भए । 

ललितपुरका ललित नारायण राजवंशीले ३ विकेट लिए भने पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २–२ विकेट लिए । 

ललितपुरका लागि जयकिशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । उनले ५२ बलमा ५७ रन बनाएर आउट भए ।

यस्तै सन्दीप जोराले २४ रन जोड्दा गौरब तमोरले २३ रन बनाए भने कुशल भुर्तेलले ११ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडेका थिए  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?