संस्कारयुक्त शिक्षाको थालनी गर्न आवश्यक : प्रा. डा. देवराज अधिकारी

लोकपथ
42
Shares

ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दुई दिवशीय राष्ट्रिय शिक्षा कार्यशाला शनिबारबाट प्रारम्भ भएको छ ।

ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको सभाहलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले उक्त कार्यशालाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले नेपालमा संस्कारयुक्त शिक्षाको थालनी गर्नु पर्ने आवश्यक रहेको बताएका छन् । उनले भने, ‘पहिले पहिले गुरूलाई सडकमा भेट्दा निहुरेर ढोगिन्थ्यो । गुरू र शिक्षकमा आदर सम्मान अनुशासन थियो तर आजको समाजमा त्यो सब देख्न नपाँदैन ।’

त्यस्तै शिक्षामा कैयौँ समस्या भएता पनि अब हाम्रो विश्वविद्यालयका उपकुलपतिमा खुल्ला प्रतिस्पर्धा हुन थालेको र राजनीतिक नियुक्ति घट्दै गएको छ बताए ।

हाम्रो जन्म ज्ञानको लागि भएको र समाज रूपान्तरणमा शिक्षाले नै योगदान दिने भएकोले चिन्तन ज्ञान र समर्पण नभई शिक्षा फलदायी नहुने बताए । साथै विदेशमा १२ पढ्दा एक विद्यार्थीले ९० प्रतिशत ज्ञान हासिल गर्छन् तर नेपालमा ४५ प्रतिशत पनि मुस्किलले ज्ञान हासिल गरेको अवस्था रहेको उनले बताए ।

उनले नेपाली भएरै नेपालीमा कमजोर हुनु दयनीय अवस्था रहेकोले हाम्रो परिक्षा प्रणालीमा सुधार भएता पनि शैक्षिक कार्यान्वयन सन्तुष्टिजनक नभएको बताए ।

त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव डा. हरि लम्सालले नेपालको शिक्षा नीति तथा कार्यक्रम मल्टी एक्टरको चंगुलमा फसेकोले कमजोरीलाई सुधार्ने, नीतिको मुल्य माथी को छलफल गरिन पर्ने र संस्कृत भाषाको बारेमा समाजलाई सरोकारवालाले बुझाईदिनुपर्ने आवश्यक रहेको बताए । उनले मनुस्मृतिमा भएको २र४ कमजोरीलाई ईस्यु बनाउने कि त्यहाँ भएको ९८ प्रतिशत राम्रा कुरालाई प्रसार गर्ने ? प्रश्न गर्दै त्यो विषयमा छलफल हुन आवस्यक रहेको प्रष्ट पारेका थिए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डा. हरि लम्साल, खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.शिलु बज्राचार्य, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह कार्यशालाका संयोजक प्रा.डा. रामजी गौतम, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, विद्यार्थी परिषद्का महासचिव छितराज न्यौपाने, विभिन्न विश्वविद्यालयका डिनहरू, देशकाविभिन्न विद्यालयका प्रचार्यहरू, शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरू, विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारीहरू र विभिन्न कलेजमा उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षा क्षेत्रमा आगामी प्राज्ञिक बहस आवश्यक रहेकोले पुर्वीय दर्शनको कुराहरू शिक्षामा राखिनु पर्ने जोड दिए । साथै उनले विदेशलाई चाहिने जनशक्ति उत्पादन गरेर जनशक्ति बिदेशमा पैठारी गर्ने कि आफ्नो देशलाई आवस्यक पर्ने जनशक्ति उत्पादन गरेर यही देशमा राख्ने भन्ने विषयमा आज गम्भीर भएर सोच्नु पर्ने बताए ।

त्यस्तै खुल्ला विश्वविद्यालका उपकुलपति प्रा. डा. शिलु बज्राचार्यले मुलुकको विकास एवं मानवीय संसाधनको विकास शिक्षाबाटै हुने र मानवीय संसाधनको विकास गर्न सके मुलुक रूपान्तरण हुन सक्ने कुरा बताइन्। उनले स्कुल देखि युनिभर्सिटीसम्मकै शिक्षकको गुणस्तर विकास गरिनुपर्ने, शिक्षक मेरिट बेसमा भर्ना गरिनुपर्ने, शिक्षा क्षेत्रलाई राजनीति मुक्त गरिनुपर्ने, उपकुलपति भएर नि राजनीतिक हस्तक्षेपको कारण डिन नियुक्त गर्न नसक्नुले शैक्षिक क्षेत्र माथिको राजनीति व्याप्त रहेकोले काम हुन नसकेको जोड दिइन्।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले देश भद्रगोल भएकोले, विश्वविद्यालय भद्रगोल अवस्थामा पुगेको र शिक्षाले बाटो खोजिरहेको बताए ।

फागुन ६ र ७ सम्म सञ्चालन हुने दुई दिवसीय कार्यशाला शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा भन्ने विषयमा केन्दीत रहे नेपालको राष्ट्रिय शिक्षा नीति, उच्च शिक्षा, माध्यमिक शिक्षा, र निम्न माध्यमिक शिक्षाको विषयमा केन्द्रीत रहने राष्ट्रिय शिक्षा कार्यशालाका संयोजक प्रा.डा रामजी गौतले बताएका छन् ।

कार्यशालामा अलग अलग प्राज्ञिक व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि टिप्पणीकारहरूले टिप्पणी गर्ने र त्यसबाट विशेष निष्कर्ष निकाली थप बह बहसका लागि मार्गप्रस्तस्त गर्ने विद्यार्थी परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?