काठमाडौं । गायक सुरज पण्डितको स्वरमा ‘छुक छुक छुक छुक’ गीत सार्वजनिक भएको छ।
जागृत रायमाझीको शब्द र संगीत रहेको सो गीतमा युवाहरुलाई स्वदेशमै फर्किएर केही गर्न आह्वान गरिएको छ ।
स्वदेशमा रोजगारीको र अवसर नपाउँदा बिदसिने नेपाली युवाको कथालाई मुख्यगरी देखाइएको छ ।
नेपालमा केही गर्छु भन्नेहरू पनि अवसर नपाउँदा बिदेसिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै विभिन्न दुर्घटनामा परी विदेशमै ज्यान गुमाउन बाध्य छन् नेपाली युवा। विदेशमा दुःख र कष्ट सहिरहेका छन्। युवा बिदेसिँदा गाउँ रित्तो हुने, वृद्धवृद्धा र बालबालिकामात्र गाउँमा बाँकी रहने गीतको म्युजिक भिडियोमा छ।
गरिबलाई लुटेर धनी भएका लुटेराहरूमाथि गीतले व्यंग्य गरेको छ। आफ्नै देशमा केही गरौँ, विभेद, थिचोमिचो र लुटेराविरुद्ध बोलौँ भन्ने गीतको भाव छ।
केदार श्रेष्ठको कथा र निर्देशन रहेको म्युजिक भिडियो मार्मिक छ। भिडियोमा गायक सुरजसहित सबिना गोपाली, सोबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होम बहादुर आचार्यलगायत कलाकारहरुको अभिनय छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया