काठमाडौं । बुढासुब्बा गोल्डकपको २३ औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै गोल्डकप फागुन १३ गतेदेखि आयोजना हुने जानकारी गराएको हो ।
२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ यता हुन सकेको थिएन ।
यस संस्करणको गोल्डकपमा नेपालका ए डिभिजन क्लब मध्येबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने भएको छ । प्रतियोगितामा पुलिससँगै आयोजक, दुई विदेशी टिम एभेनियर एफसी क्यामरुन, केबिपिएस वंगलादेश, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । म्यान अफ दि म्याचलाई १० हजार पाउने र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया