काठमाडौं । रुस र युक्रेनबीचको युद्धको एक वर्ष पूरा हुनुअघि नै जो बाइडेनले कीभ पुगेर सबैलाई चकित पारेका छन् । उनले सोमबार युक्रेन पुगेर राष्ट्रपति जेलेन्स्कीसँग भेट गरेका थिए ।
रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति युक्रेन पुगेको यो पहिलो पटक हो ।
बाइडेनको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ । अमेरिकाले अहिलेसम्म युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै आएको छ। जो बाइडेनले धेरै पटक घोषणा गरेका छन् कि उनी युक्रेनको साथमा उभिनेछन्।
बाइडेनले युक्रेनलाई थप हतियार दिनेछन् :
युक्रेन पुगेर बाइडेनले युद्धग्रस्त देशलाई थप सहयोग गर्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिले युक्रेनलाई थप नयाँ हतियार उपलब्ध गराउने बताएका छन् । उनले युक्रेनको सुरक्षाका लागि हवाई निगरानी रडार दिने घोषणा गरेका छन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया