काठमाडौं । स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ ।
आईसीसी विश्वकप लिग टूको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्ड ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रनमा समेटियो । टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर स्कटल्याण्डले पहिले ब्याटिङ गरेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ४ करण केसीले ३ , कुशल मल्ल र ललितले समान एक एक विकेट लिए । शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया