काठमाडौं । सिभिल लघुवित्तले शेयरधनीलाई चुक्त पूँजी बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
यही पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
लघुवित्तले पुस २९ गते हुने सातौं वार्षिक साधारणसभामा हकप्रद निष्काशन सम्बन्धी विशेष प्रस्ताव लैजाने जनाएको छ ।
गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको ४ प्रतिशत बोनस शेयर पश्चात लघुवित्तको ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुग्नेछ । यहि पूँजी बराबर नै लघुवित्तले हकप्रद निष्काशन गरेको हो ।
प्रस्तावित हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।
साधारणसभाले ४ प्रतिशत बोनस शेयर र बोनसको कर सहित ३.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सातौँ साधारणसभाका लागि कम्पनीले पुस २० गते बुकक्लोज गर्नेछ ।
यसअनुसार पुस १९ गतेसम्म कायम हुने शेयरधनीले मात्र लघुवित्तको ४ प्रतिशत बोनस पाउनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८२ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३ पैसा काय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया