काठमाडौं । युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेन सोमबार अचानक युक्रेनको राजधानी किभ पुगेर विश्वभरका मानिसलाई चकित पारे । युक्रेन पुग्ने बाइडेनको गोप्य योजना अहिले मिडियामा चर्चाको विषय बनेको छ ।
स्टाइलिश चश्मा, डिजाइनर ओभरकोट लगाएर किभ पुगेका बाइडेनले रूसलाई कडा सन्देश दिएका छन् । बाइडेन आफ्नो ‘सरप्राइज भिजिट’पछि चर्चामा छन् ।
अमेरिकाबाट कसरी पुगे बाइडेन किभ ? यस्तो थियो बाइडेनको गोप्य यात्रा
उनको यात्रा मध्यरातमा सैनिक विमानस्थल ह्याङ्गरमा शुरु भएको थियो । बाइडेन एयर फोर्स बोइङ ७५७ मा चढे, जसलाई सी ९३२ भनिन्छ । त्यसको पन्ध्र मिनेट पछि, बाइडेन, केही सुरक्षाकर्मी, सानो चिकित्सा टोली, नजिकका सल्लाहकार र दुई पत्रकारसँग युद्ध क्षेत्रको यात्रामा निस्किए ।
पहिले पत्रकारको फोन कब्जा गरियो
द वाल स्ट्रीट जर्नलका रिपोर्टर सबरीना सिद्दिकीले खुलासा गरे कि उनी र फोटोग्राफरलाई २ः१५बजे संयुक्त बेस एन्ड्रयूजमा बोलाइएको थियो । उनीहरुको फोन जफत गरियो र २४ घण्टापछि बाइडेन युक्रेनको राजधानी नआउञ्जेल उनीहरुलाई निगरानीमा राखिएको थियो ।
जर्मनी–पोल्याण्ड उडान
जर्मनीमा रहेको अमेरिकी सैन्य आधारमा उनले उडान भरेका थिए । यहाँ पनि उनी विमानबाट बाहिर निस्किएनन् । त्यसपछि उनको अर्को उडान पोल्याण्ड थियो । उनी पोल्याण्डको रेज्जो जेसिओनका एयरपोर्टमा अवतरण गरेका थिए ।
खतरनाक रातभरको मौन रेल यात्रा
त्यसपछि बाइडेन रातभरको ट्रेनमा चढे । त्यसपछि पत्रकारहरुलाई पनि रेलमा आउन भनियो । ट्रेनमा सवार अधिकांश मानिसलाई कडा सुरक्षा दिइएको थियो । युक्रेनको १० घण्टाको यात्रा अन्य कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको भन्दा फरक थियो ।
बाइडेन सोमबार बिहान ८ः०७ मा कीभ प्रवेश गरे । यसअघि ओबामाको सरकारमा उपराष्ट्रपति हुँदा बाइडेनले युक्रेनको भ्रमण गरेका थिए ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया