सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकले वितरण गर्ने १३.१६ प्रतिशत लाभाशं सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले गत आर्थिक वर्ष २०७४–७५ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १३.१६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस ८ गते आइतबार) अन्तिम दिन रहेको हो । 

लाभांश वितरण तथा सत्रौं वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउने बैंकले जनाएको छ । 

बैंकको शेयर मूल्य पुस ५ गते बिहीवार प्रतिकित्ता ३ सय १४ रुपैयाँमा कारोबार भएको छ । 

बैंकले पुस २३ गते सोमबार राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे सत्रौं वार्षिक साधारणसभाको आह्वान गरेको छ ।

सभाले बैंक सञ्चालक समितिको मंसिर ६ गते बिहीवार बसेको बैठकले लगानीकर्तालाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरका साथै ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्न अनुमति दिनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?