नेपालको एकदिवसीय क्रिकेट ईतिहासमा पहिलो पटक लगातार चार खेलमा जित

लोकपथ
63
Shares

काठमाडौं । नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ । मंगलबार टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराउदैँ लगातार चौंथो जित हात पारेको हो ।

सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो । नेपालले स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने नेपाल पहिलो टोली बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?