काठमाडौं । दिल्लीबाट मुम्बईका लागि उडान भर्न लागेको एयर इन्डियाको विमान करिब पाँच घण्टा ढिलो भएपछि यात्रुहरु आक्रोशित भएका छन् । मंगलबार राति दिल्ली एयरपोर्टमा एयरलाइन्सका कर्मचारीहरूसँग यात्रुहरूको चर्को विवाद भएको थियो।
समाचार एजेन्सी एएनआईले उडान एआई-८०५ का एक यात्रुलाई उद्धृत गर्दै विमानको निर्धारित उडान समय चार पटक परिवर्तन गरेको बताएको छ ।
शुरुमा विमानले १०:४० मा उडान भर्ने तालिकारहेको थियो । त्यसपछि उक्त समयलाई सारेर ११:३५ मा तय गरियो । तर उक्त समयमा पनिविमानले उडान भरेन ।
समय फेरि १२:३० मा अद्यावधिक गरियो र अन्ततः दिल्ली एयरपोर्टको टर्मिनल ३ बाट विमान १:४० बजे मात्रै उड्यो। निर्धारित समय अगावै पाइलट बिरामी परेकाले उडान ढिला भएको बताइएको छ ।
हेर्नुहोस् भिडियो :
#WATCH | Passengers of a Mumbai-bound Air India flight & airline staff got into an argument at Delhi's T3 late last night after the flight was delayed by over 4 hrs. Flight took at 1.40am against its original scheduled time of 8.00pm
(Video source: AI Del-Mum flight passenger) pic.twitter.com/4hcZ1J6Eys
— ANI (@ANI) February 22, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया