काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा म्यानचेस्टर सिटीले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगसँग १-१ गोलको बराबरी खेलेको हो ।
लाइपजिगको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो । खेलको २७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७० औं मिनेटमा जोस्को ग्वार्डीओलले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै दुबै टोलीको अन्तिम आठमा पुग्ने सम्भावना कायम रहेको छ ।
दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा हुनेछ । जुन खेल सिटीको मैदानमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया