ताजिकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प

लोकपथ
84
Shares

काठमाडौं । ताजकिस्तान र अफगानिस्तानमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु
ताजिकिस्तानमा रहेको थियो ।

ताजिकिस्तानमा १८ मिनेट भित्रमा दुई पटक भूकम्प गएको हो । पहिलो पटक गएको भूकम्पमा ६.६ रिक्टर स्केल मापन गरिएको थियो भने दोस्रो पटक भूकम्पको तीव्रता पाँचभन्दा माथि मापन गरिएको थियो । बिहान ६:०७ र ६:२५ मा भूकम्प गएको हो ।

पहिलो केन्द्रविन्दु जमिनबाट ११३ किलोमिटर टाढा र दोस्रो झट्का १५० किलोमिटर गहिराइमा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?