विश्व मुवाँथाइ च्याम्पियनसिप खेल्ने नेपालका ५ खेलाडीको बिदाइ

लोकपथ
56
Shares

काठमाडौं । १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

थाइल्यान्डको बैंककमा फागुन २८ देखि चैत ६ गतेसम्म हुने आयोजना हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् । प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी छन् । गुणराज, पुर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?