३ सय यात्रु बोकेर फुकुओकाका लागि उडेको विमान सात घण्टापछि हानेदा विमानस्थलमै फर्किएपछि

लोकपथ
112
Shares

काठमाडौं । जापानमा एउटा अचम्मको घटना बाहिर आएको छ ।  एउटा विमान ३ सय ३५ यात्रु लिएर आन्तरिक उडानका लागि उडेको थियो । तर उक्त विमान सात घण्टापछि सोही विमानस्थलमा अवतरण भयो । प्लेन अवतरण गर्नु पर्ने एयरपोर्टमा कर्फ्यूका कारण विमान अवतरण हुन नसकेर आफ्नो स्टार्टिङ पोइन्टमा फर्किनुपरेको थियो ।

जापान एयरलाइन्स कम्पनीको उडान ‘जेएल-३३१’ टोकियोको हानेदा विमानस्थलबाट उडेको थियो। विमान फुकुओका विमानस्थलमा अवतरण गर्नुपर्ने थियो तर खराब मौसम र थप उडानको कर्फ्यूका कारण विमानले फुकुओका विमानस्थलमा अवतरण गर्न लामो समय कुर्नुपरेको थियो ।

त्यसपछि विमानका पाइलटले फुकुओका नजिकैको किटाक्युशु सहरमा विमान अवतरण गर्ने सोच गरे तर उक्त विमानस्थलमा यात्रु बोक्न बस उपलब्ध थिएन । त्यसपछि विमानका पाइलटले टोकियोको हानेदा एयरपोर्ट नै फर्कने निर्णय गरे ।

यसरी करिब सात घण्टाको उडानपछि विमानका ३ सय ३५ यात्रु आफूले उडेकै ठाँउमा आएर ल्याण्ड गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?