काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्धको विषयमा मंगलबार पोल्याण्डको वार्साबाट सम्बोधन गरेका छन् ।
उक्त सम्बोधनमा बाइडेनले युद्धको बारेमा धेरै कुराहरू भनेका छन् ।
२४ फेब्रुअरी, २०२२ बाट शुरु भएको रुस–युक्रेन युद्धको एक वर्ष पूरा हुन लागेको छ । यस युद्धमा अहिलेसम्म धेरै जनधनको क्षति भइसकेको छ । ठूलो संख्यामा मानिसहरु ज्यान जोगाउन देश छाडेर भागेका छन् ।
केही दिनमा युक्रेन कब्जा गर्ने रुसको योजना थियो । तर रुसको शक्तिशाली सेना र खतरनाक हतियारको बावजुद युक्रेनको सेनाले सामना गरिरहे र पछि हटेनन् ।
युक्रेनले यस युद्धमा धेरै देशबाट सहयोग पाएको छ। युक्रेनलाई सहयोग गर्न अमेरिका सबैभन्दा अगाडि रहेको छ । अमेरिकाले युक्रेनलाई आर्थिक र सैन्य सहयोग गर्दै आएको छ । भर्खरै अमेरिकी राष्ट्रपति जो बाइडेन पनि अचानक युक्रेनको राजधानी किभ गएर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए। यसपछि बाइडेन पोल्याण्डको राजधानी वारसा पुगे र यस युद्धको बारेमा सम्बोधन गरे।
आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति बाइडेनले रुस–युक्रेन युद्धको बारेमा बोल्दै रुस–युक्रेन युद्धमा रुसले जति प्रयास गरे पनि युक्रेनमाथि जित हात पार्न नसक्ने बताए ।
बाइडेनले पनि आफ्नो सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा कुरा गरेका थिए ।
#BREAKING Putin thought he was 'tough' but met 'iron will of America', President Biden tells Warsaw crowd pic.twitter.com/M0n4VwutWj
— AFP News Agency (@AFP) February 21, 2023
आफ्नो सम्बोधनमा बाइडेनले युक्रेन दृढतापूर्वक उभिएको र यस युद्धमा रुसको सामना गरेकोमा प्रशंसा गरे। बाइडेनले युक्रेन स्वतन्त्र रहेको र स्वतन्त्र रहने पनि बताए ।
#BREAKING 'Ukraine will never be a victory for Russia – never,' Biden tells Warsaw crowd pic.twitter.com/pEAcwjKdVq
— AFP News Agency (@AFP) February 21, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया