सन्दीप बिनै नेपाली टिमको घोषणा

लोकपथ
210
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १५ सदस्सीय टिम घोषणा गरेको हो ।

तर क्यानले घोषणा गरेको टिममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भने अटाएका छैनन् । मंगलबार सकिएको विश्वकप लिग टू मा सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए ।

नेपालले फागुन १५ गते पपुवा न्युगिनिसँग खेल्नेछ । त्यस्तै, फागुन १८ गते यूएईसँग खेल्ने छ । फागुन १९ गते पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्नेछ भने फागुन २२मा यूएईसँग खेल्नेछ ।

नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

नेपाली टोली : 

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?