डीएभी देवनागरी दिवस सम्पन्न

लोकपथ
14
Shares

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रुपमा सम्पन्न गरेको छ ।

विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयहरुका शिक्षक र विद्यार्थीहरु माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरुको समन्वयमा देवनागरी दिवस मनाइएको हो ।

उक्त अवसरमा सहभागी विद्यालयहरुले संस्कृत श्लोकवाचन, नेपाली–हिंदी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरुमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

अन्तरविद्यालय प्रतिस्पर्धाहरुमा डीएभी अप्रतिस्पर्धी रहेपनि डीएभी आबद्ध विद्यार्थीहरुले संस्कृत, नेपाली र हिन्दी लगायत विभिन्न मातृभाषाका साहित्य, संस्कृति, कला र रितिरिवाज झल्काउने नृत्य एंव कलाकौशलता प्रर्दशन गरेका थिए । डीएभी विद्यार्थीहरुले संस्कृत स्वागत गीत, नवरस झल्किने थेमेटीक शिबताण्डब, थारुभाषा र संस्कृतिको मघाँैटा नाँच र मगर भाषा र संस्कृति बोकेको टप्पा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अंग्रेजी माध्यम विद्यालय भएपनि स्थापनाकालदेखि देवनागरी भाषाहरु अध्ययन–अध्यापन भइरहेको जानकारी गराए । उपस्थित सम्पूर्ण सहभागीहरुलाई डीएभी विद्यालयले संस्कृत भाषाको विकासमा अनवरत रुपमा लागिपरेको र विद्यालयले अध्यापन गराउँदै आएको पाली भाषालाई समेत समेटेर अघि बढ्न सुझाब दिए ।

सोही अवसरमा उनले जननी, मातृभाषा र शिक्षण पक्रियाको अन्तरसम्बन्धको चर्चा गर्दै मातृभाषा मानव इतिहासको धरोहर रहेको र पुस्तान्तरण प्रक्रियामा भाषाको सवलीकरण गर्ने सवालमा शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यसैगरि नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले विद्यार्थीहरुको प्रतिभाको उच्च प्रशंसा गर्दै विद्यालयको देवनागरी भाषाको एकिकृत मञ्चमा सहभागी हुन पाउँदा हर्षित भएको बताए । उनले भाषा र लीपिको विकास भएमात्र शिक्षण प्रक्रिया अगाडी बढ्न सक्ने बताए ।

साथै उपस्थित सबै वक्ताहरुले भाषा, संस्कृति र परम्पराको सम्वाहक भएको चर्चा गर्दै शिक्षण प्रक्रियाको सरलता र प्रभावकारिताको लागि मातृभाषामा शिक्षण प्रव्रिmया आवश्यकता रहेको विचार व्यक्त गगरेका थिए ।

नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा.नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा.कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिंदी केन्द्रीय विभागकी डा.मंचला झाबीच शिक्षण प्रक्रियामा मातृभाषाको भूमिका विषयमा अन्तरक्रियासमेत भएको थियो ।

उनीहरुले ज्ञानको प्रस्फुटनमा चिन्तन र मननदेखि अभिव्यक्तिको तहमा अन्य भाषाको तुलनामा मातृभाषा प्रभावकारी रहेको र अध्ययन–अध्यापन प्रव्रिmया सरल र छिटो छरितो ढङ्गले अगाडी बढ्ने तथ्य र तथ्याङ्कहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा मृत र जीवन्त भाषाको बारेमा समेत अन्तरक्र्रिया भएको थियो ।

विकसित राष्ट्रहरुले विभिन्न मातृभाषा लगायत राष्ट्रिय भाषाको संरक्षण गर्न सफल भएपनि बिकाशोन्मुख र अल्पविकशित राष्ट्रहरुको मातृभाषाको सूचि प्रत्येक दशकमा घट्ने क्रममा रहेको तथ्याङ्कहरु प्रकाश पारिएको थियो ।

नेपालमा प्रत्ययक जातजातिको आफ्नै भाषा र लिपि रहेका छन् त्यसैअनुसार विभिन्न मौलिक संस्कृति र रितिरिवाज रहेको र ती सबै राष्ट्रकै अमुल्य सम्पति समेत रहेको सन्दर्भमा, विभिन्न विद्यालयहरु र विश्वविद्यालयहरु एक ठाउँमा उपस्थित भई अन्तरव्रिmया हुनु निकै सुखद रहेको सहभागीहरुले बताए ।

विज्ञान, प्रविधि, संचार लगायत सर्वत्र अङ्ग्रेजी भाषाको प्रभाव रहँदारहँदै पनि विश्वका बिभिन्न शक्ति राष्ट्रहरु जस्तै कोरिया, जापान, जर्मन, फ्रान्स चिन रसियाले आफ्नै भाषा सस्कृतिको जगेर्ना गरेका उदाहरणहरु अन्तरव्रिmया कार्यक्रममा अभिव्यक्त भएका थिए ।

समापन समारोहमा देवनागरी दिवसको विभिन्न अन्तरविद्यालय प्रतिस्पर्धाका सर्वोत्कृष्ट, उत्कृष्ट र उत्तम विद्यार्थीहरुका साथै सम्पूर्ण प्रतिस्पर्धीहरुलाई पुरस्कार र प्रशंसा पत्रद्वारा सम्मान गरियो । कार्यव्रmममा आमन्त्रित पाहुनाको स्वागत र सत्कारको लागि विद्यालयकी प्राचार्य डा.भुवनेश्वरी राव, उप–प्राचार्य श्री रामचन्द्र खनाल लगायत सम्पूर्ण व्यवस्थापन समितिको उपस्थिति रहेको थियो ।

यसअघि डीएभी विद्यालयले विद्यालयका प्र्रमुख प्रशासकिय अधिकृत एवं सस्कृत भाषाका विद्वान स्वर्गीय जनार्दन घिमिरेको अगुवाईमा देवनागरी जागरण सम्मेलन यहि गतिका साथ भव्यहरुपमा सम्पन्न गरेको थियो ।

देवनागरी भाषा लगायत नेपाली मौलिक भाषा संस्कृति, भेषभुषा, रितिरिवाज र परम्पराको जर्गेना गर्ने यस अनवरत अभियानको नेतृत्वकर्ता विद्यालयकी प्राचार्य एवं अंग्रेजी भाषाकी विद्वान डा. भुवनेश्वरी रावको नेतृत्वप्रति सम्पूर्ण देवनागरी भाषाका विभागाध्यक्ष लगायत सम्पूर्ण विद्यालय परिवार कृतज्ञ र अनुग्रहित रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?