काठमाडौं । आजबाट नेपाल क्रिकेट संघ९क्यान० को वार्षिक साधारणसभा सुर्खेतको विरेन्द्रनगरमा शुरु हुँदैछ । पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारणसभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।
साधारणसभामा विभिन्न आठ एजेण्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया