काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।
७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काएर हारबाट जोगाए । यस बराबरीसँगै रियलले २३ खेलमा ५२ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । एट्लेटिको ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया