एजेन्सी । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले चेल्सी र आर्सलन पनि उपाधि होडमा रहेको बताएका छन् ।
जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा रहेको लिभरपुलका प्रशिक्षक क्लोपले ‘टप फाइब’मा रहेको सबै टिम उपाधि होडमा रहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘जारी लिगको टप फाइबमा रहेको टिमको उपाधि होडको दौड अझै कायमै छ, अहिले नै कुनै पनि टिम उपाधि दौडबाट बाहिरिनु पर्ने अवस्था छैन्’ ।
साथै उनले अहिले नै उपाधि जित्छु भनेर ढुक्क भएर बस्ने अवस्था श्रृजना नभएको बताए ।
उनले भने, ‘यसअघि मैले इभर्टन र टोट्नह्यामको खेल पनि हेरेको छु, टोट्नह्यामले निक्कै प्रभावकारी खेले खेलेको थियो, टोट्नह्यामले उत्कृष्ट खेल्दै अहिले लिगको तेस्रो स्थानमा आफ्नो ठाँउ सुरक्षित गरेको छ, मेरो लागि टोट्नह्याम उपाधि होडबाट बाहिरिएको छैन, त्यस्तै मैले चेल्सी र आर्सनलमा पनि यहि कुरा देखेको छु’ ।
जारी लिगको उत्कृष्ट फर्ममा रहँदै खेल खेलिरहेको लिग लिडर लिभरपुलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग ४ अंकको अग्रता बनाइसकेको छ । लिभरपुलले ४८ अंक बनाएको छ भने सिटीको ४४ अंक छ । ४२ अंकका साथ टोट्नह्याम तेस्रो स्थानमा छ ।
यता समान ३७ अंक बनाएको चेल्सी र आर्सनल क्रमशः चौथो र पाँचौ स्थानमा छ ।
सन् १९९० मा लिभरपुलले पछिल्लो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको थियो । तर, त्यसयता लिभरपुलले यो लिगको उपाधि घर भित्र्याउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया