काठमाडौं । स्वर्ण पदक विजेता नेपालका बडिबिल्डर महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् ।
थाइल्याण्डको चाङमइमा सम्पन्न १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको स्वर्ण पदक विजेता महर्जन नगदसहित सम्मानित भएका हुन् । उनलाई थाई नेपाली संघले एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
महेश्वरले १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले फाइनल राउण्डमा भारत र सिंगापुरका खेलाडीलाई पछि पारेका थिए ।
उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई दोस्रो पटक स्वर्ण पदक दिलाएका थिए । यसअघि उनले सन् २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा नै स्वर्ण पदक जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया