नेपाल र पीएनजी भिड्दै, सन्दीपबिना नेपालको परीक्षा

लोकपथ
63
Shares

काठमाडौं । विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने दुई देशबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ मा शुरु हुनेछ ।

नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । क्रिकेटर सन्दीप लामिछाने भने यसपटक टिममा अटाएका छैनन् । एक बालिकालाई बलात्कार गरेको आरोप लागेको उनको मुद्धा विचाराधिन रहेको हुँदा सन्दीपको विदेश यात्रामा प्रतिबन्ध लागेको थियो । सोही कारण पनि सन्दीप टिममा नअटाएका हुन् ।

उनी टिममा समावेश नभएसँगै नेपाललाई केही हदसम्म कठिन पर्ने देखिन्छ । किन भने हालै नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले क्लिन स्वीप हानेको थियो जसमा सन्दीपले १३ विकेट लिएका थिए ।

को को छन् नेपाली टिममा ?

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?