हङकङले दियो नेपाललाई १ सय २१ रनको लक्ष्य

लोकपथ
63
Shares

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गतको खेलम हङकङले नेपाललाई १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा अलआउट हुदै १ सय २० रन बनाएको छ ।

हङकङका लागि पर्थ भागवात ३६ रन जेडे भने मोहम्मद जाहिरले २९ रन बनाए । अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले ३ र आकाश चन्द र सुवास भण्डारीले समान २-२ तथा दीपेश कंडेलले १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?