‘एनएनआइपी’ अवार्डलाई आदर्श समाजको साथ

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुने वर्ष खेलाडी ‘एनएनआइपी’ अवार्ड कार्यक्रमलाई आदर्श समाज विकास केन्द्रले सहकार्य गर्ने भएको छ । 

हरेक वर्ष आयोजना हुँदै आइरहेको अवार्ड कार्यक्रमलाई आदर्श समाजले वार्षिक एक लाख रुपैयाँ दिने गरि सहकार्य भएको हो । खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ र आर्दश समाजको प्रतिनीधि सपना लामा मंगलवार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

आगामी तीन वर्षसम्मको लागि आदर्श समाजले खेलाडीलाई संघसँग सहकार्य गर्नेछ । खेलाडी संघले यो रकम ‘एनएनआईपिए’ पत्रकारिता पुरस्कार र कार्यक्रम व्यवस्थापनमा खर्च गर्ने बताइएको छ ।

यसअघि खेलाडी संघले जना बैंकसँग सर्वोत्कृष्ट एक पुरुष र एक महिला खेलाडीलाई जनही एक-एक लाख रुपैयाँ दिने गरि सम्झौता गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?