नेपालको लगातार तेस्रो जित

लोकपथ
140
Shares

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जीतमा आकाश त्रिपाटीले अर्धशतक पूरा गरे ।

त्रिपाटीले ७१ बलमा ५८ रन बनाए । उत्तम थापाले ३९ रन बनाए भने अर्जुन कुमाल १६ रनमा आउट भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?