सिप्रदी अटोपार्टस प्रालिद्वारा टाटा गुरु भेला २०७५ सम्पन्न

काठमाडौं । टाटा मोटर्स र सिप्रदी अटोपार्टस प्रालिद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न गरिएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरासम्म गरी  करीब १२० भन्दा धेरै टाटा गुरुहरुको उपस्थिति रहेको थियो ।

सिप्रदी अटोपार्टसको प्रतिवद्घता अनुसार टाटा गुरुहरुलाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण , आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याईने विविध कार्यक्रमहरुका जानकारी गराउँदै टाटाका गाडिलाई टाटा नै सहि टाटा गुरुलाई टाटा जेनयुन पार्टस नै सहि भन्दै टाटा गुरुलाई सिप्रदी अटो पार्टसको पूर्णरुपमा सहयोग रहने  र गुरुबाट पनि सहयोगको अपेक्षा रहेको कुरा सिप्रदी अटो पार्टसका माहाप्रवन्धक युवराज वुढाथोकीले बताए ।

ग्राहकलाई फाईदा गराएर मात्र हमाीलाई फाईदा हुन सक्छ भन्ने  विश्वासलाई केन्द्र विन्दुमा राखेर अघि वढेको सिप्रदीटाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडि विग्रीएको अधिकतम ४ घण्टा भित्रमा बनाइसक्ने आगामी योजनामा टाटा गुरुहरुको सहयोगको अपेक्षा रहेको र टाटा गुरुलाई सक्षम बनाउन कुनै तरहको पनि सहयोग गर्न आफु तत्पर रहको कुरा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए । उक्त कार्यक्रममा अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भटराईले मेकानिकको हितमा ल्याईएको “टाटा गुरु कार्यक्रम’’ पहिलो र उत्कृष्ट रहेको धारणा व्यक्त गरे ।

साथै हरेक मेकानिकले आफू मेकानिक हुनुमा गर्व गर्नुपर्छ भन्दै बदलिदो प्रविधिलाई छिटो भन्दा छिटो अगिंकार गर्न सक्नु पर्छ भन्दै आफूु महासंघको तालिम संयोजकको नाताले सम्पूर्ण अटो मेकानिक्सहरुलाई दक्ष बनाउन आफ्नो पुरा सहयोग र संयोजन रहने प्रतिवद्घता जनाए ।

त्यसै गरी अटो मेकानिक्स महासघंका माहासचिव ठाकुर प्रसाद न्यौपानैले आफ्ना भनाईहरु राख्दै हाम्रा सघंसस्था नपुगेका ठाउँमा सिप्रदी पुगेर तालिमका कार्यक्रम सञ्चालन गरीकन हाम्रा अटो मेकानिक्सहरुलाई सक्षम बनाउन खेलेको भुमिकाको सरहाना गरेका थिए ।

कार्यक्रममा टाटालाई टाटा नै सहि भन्ने कार्यक्रमा टाटा गाडिलाई बढिभन्दा बढि जेनयुन पार्टसको प्रयोगमा सहयोग गर्ने टाटा गुरुहरुलाई सम्मान तथा प्रोत्साहान गरीएको थियो ।

जसमा विशेष सम्मान प्राप्त गर्नेहरुमा , इटहरीका इस्राफील अन्सारी पहिलो भएर सम्मानित भएका थिए भने क्रमशः बुटवलका अशोक देवकोटा दोस्रो भएको थियो । त्यसैगरी माहाकालीका विनोद राई तेश्रो, बुटवलका राजकुमार गौतम चौँथो, धनगढिका चतराज पाण्डे पाँचौं र  हेटौँडाका गणेश बाँनिया छैँटो भएको थिए । साथै सहभागी अन्य गुरुहरुलाई अन्य विधामा सम्मान गरीएको थियो ।

कार्यक्रमको अन्तमा सधन्यवाद ज्ञापन गर्दै सिप्रदी कम्पनीजका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले आज टाटा गाडीको बजार पहिलो स्थानमा हुनु र ग्राहकले आँखा चिम्लीएर टाटा गाडीलाई विश्वास गर्नु तपाई टाटा गुरुको हातमा भएको सिप र क्षमता हो भन्दै आउँदा दिनमा सहकार्य र सहयोगको प्रतिवद्धता व्यक्त गर्दै सबैमा धन्यवाद व्यक्त गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?