काठमाडौं । अर्बपति एलन मस्क फेरि एक पटक विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको लगातार अपडेट हुने बिलियनेयर इन्डेक्सका अनुसार १८७ बिलियन डलरको नेटवर्थका साथ मस्कले फेरि अर्बपतिहरूको सूचीमा पहिलो स्थान हासिल गरेका छन्।
उनले फ्रान्सेली लक्जरी ब्रान्ड लुइस फाइनान्सका सीईओ बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन् जो गत वर्ष धनीहरूको सूचीमा पहिलो स्थानमा पुगेका थिए।
एलन मस्कको सम्पत्ति कति छ ?
एलन मस्कको कुल सम्पती १८७.१ बिलियन डलर रहेको छ । गत वर्ष धनीहरूको सूचीमा दोस्रो नम्बरमा झरेका एलन मस्कको सन् २०२३ मा आफ्नो सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । यसको मुख्य कारण उनको अटो कम्पनी टेस्लाको सेयर बढ्नु हो । यस वर्ष टेस्लाको स्टकमा ९० प्रतिशत वृद्धि भएको छ । जसका कारण एलन मस्कले २०२३ मा नै आफ्नो सम्पत्तिमा ३६ प्रतिशत अर्थात ५० अर्ब डलर थपेका छन् । डिसेम्बरको अन्त्यसम्ममा मस्कको सम्पत्ति १३७ अर्ब डलर पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया