नेपाल औषधि लिमिटेडका महाप्रबन्धकले दिए राजिनामा

काठमाडौं । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले राजिनामा दिएका छन् । 

दुई वर्षअघि खुल्ला प्रतिस्पर्धाबाट नेपाल औषधि लिमिटेडको महाप्रबन्धक भएका सुवेदीले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् । 

उनको कार्यकाल सकिन एक वर्ष बाँकी छ । 

सुवेदीले महाप्रबन्धको जिम्मेवारी सम्हालेको २ वर्षमै ६ प्रकारका औषधि उत्पादन शुरु भइरहेको छ । साथै १६ प्रकारका औषधि ट्रायलमा गइसकेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?