काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ ।
यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे ।
अन्तिम खेलमा नेपालले मार्च २ मा यूएईसँग खेल्नेछ। उक्त खेलमा नेपालले जित हात पारे नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया