१८ वर्षसम्म निरक्षर जेसन बने क्याम्ब्रिज युनिभर्सिटीको कान्छो प्रोफेसर

लोकपथ
84
Shares

काठमाडाैं । इंग्ल्यान्डका जेसन अर्डेयले क्याम्ब्रिज युनिभर्सिटीमा सबैभन्दा कम उमेरका प्रोफेसर बनेका छन् । उनी प्रोफेसर बनेसँगै उनले साराविश्वको ध्यान आफू तिर तानिरहेका छन् ।

जेसन हाल ३७ वर्षका भए । जेसनकाे उमेरका कोही पनि व्यक्ति क्याम्ब्रिजको प्रोफेसर बनेका छैनन्। जेसन दक्षिण-पश्चिम लन्डनका नागरिक हुन्  । अहिले उनी क्याम्ब्रिज विश्वविद्यालयमा समाजशास्त्रका अध्यापक गर्छन्।

१८ वर्षको उमेरसम्म निरक्षर

जेसनको क्याम्ब्रिजमा सबैभन्दा कान्छो अश्वेत प्रोफेसर बन्नु नै विशेष कुरा हो । त्यहीमाथि पनि उनी १८ वर्षको उमेरसम्म अशिक्षित थिए।  बीबीसीका अनुसार जेसन ११ वर्षको उमेरसम्म बोल्न पनि सक्दैनथे । यो कुरा उनले मिडियामा पनि बताएका छन् ।

जेसनले बाल्यावस्थामै अटिज्मबाट ग्रसित बने । अटिज्मले बालबालिकाकाे स्नायू प्रणालीकाे विकासमा प्रभाव पर्छ । उसाे त  जेसनले ११ वर्षको उमेरसम्म बोल्न र १८ वर्षको उमेरसम्म लेख्न र पढ्न सकेनन् ।

अटिज्मले निकै अप्ठ्यारो बनाएपनि आफूले कहिल्यै भने कहिल्यै हार नमानेको जेसन बताउँछन् । साथै जेसनले परिवारबाट पनि गतिलाे साथ पाए ।  जेसनकी आमाले उनको आत्मविश्वास बढाउन विभिन्न सांगीतिक क्रियाकलापमा समेत सामेल गराइन् । जसले जेसनकाे शारीरिक तथा वाैद्दिक विकासमा टेवा पुर्यायो र उनको आत्मविश्वास पनि बढ्यो। त्यसपछि उनी लोकप्रिय संस्कृति तर्फ चासाे बढाउन थाले र त्यसैबारे अनुसन्धान पनि सुरू गरे । पारिवारिक साथ सांगीतिक माहाेलले उनकाे अनुसन्धानमा समेत सघायाे ।

साथीको सहयोगमा जेसनले १८ वर्षको उमेरपछि अध्ययन सुरू गरेका जेसनले पढाइमा कहिल्यै पछि फर्केर हेर्नु परेन ।  पढाइमा पनि अब्बल हुँदै गएपछि जेसनमा एक प्रकारकाे  आत्मविश्वासको बिरुवा फक्रँदै गयो । कलेजको डिग्रीसँगै मास्टर्स र पीएचडी डिग्री पनि लिए । उसो त आज उनी संसारकै लोकप्रिय क्याम्ब्रिज विश्वविद्यालयको कान्छाे प्राध्यापक बन्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?