नेपालले पहिले बलिङ गर्ने, सन्दीप पनि टिममा परे

लोकपथ
56
Shares

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।

यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ ।

नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् ।

नेपालले सार्वजनिक गरेको प्लेइङ–११ मा सन्दीप परेका हुन् । त्यस्तै प्लेइङ–११ मा आसिफ शेख, कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुल्सन झा, कुशल मल्ल,करण केसी, सोमपाल कामी लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?