राष्ट्र बैंकद्धारा २० अर्ब रुपैंयाँको रिपो जारी

लोकपथ
63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैंयाँ बराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकले बिहिबार अल्पकालीन अर्थात १४ दिने अवधिको रिपो जारी गरेको हो ।

रिपोको परिपक्व हुने अवधि २०७९ चैत्र २ गते तोकिएको छ । रिपो बित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएमा त्यस्तो अभावलाई नियन्त्रमा राख्न राष्ट्र बैंकले वित्तीय प्रणालीमा लगानीयोग्य रकम पठाउने मौद्रिक उपकरण हो ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्न रिपो जारी गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?