काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैँ, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राही मूप्रिवद्र्धनात्मक कार्यक्रम ‘दशैँमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।
रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका हुन् ।
सेवाग्राही मल्लले नगद एक लाख प्रप्त गरेका छन् । आइएमई केन्द्रीय कार्यालय पानी पोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनकी ममतामयी माता चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवा ग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट दुईजना विजेता घोषित भइसकेका छन् ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राही मुखि र व्यवसायीक साझेदारमुखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन दस जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फत हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई दस हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई एक लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई बिस लाख नगद प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको थियो ।
नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनग र्ने परम्परा आइएमईले आफ्नो स्थापनाकाल देखि नै गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया