काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ ।
बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज (बुधवार) मूल्य समायोजन गरेको हो ।
स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य रु ६ सय ६७ रहेको छ ।
बैंकले आव २०७४–७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
बैंकले यही पुस २९ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । हाल बैंकको चुक्ता पूँजी रु १० अर्ब ६४ करोड ५६ लाख रहेको छ भने लाभांश वितरणपछि चुक्ता पूँजी रु १२ अर्ब ५६ करोड १८ लाख पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया