काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश ३ को संयोजन तथा नेपाल तेक्वान्दो संघको आयोजनामा नवौं राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनार तथा ग्योरोगी कोर्स शुरु भएको छ ।
सेमिनार सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुरु भइरहेको छ ।
त्यस्तै दोश्रो राष्ट्रिय पुम्से रेफ्री सेमिनार तथा दोश्रो पुम्से रिफ्रेसर कोर्स पनि सातदोबाटोमा शुरु भएको छ । पुस १४ गतेसम्म चल्ने कार्यक्रममा २ सय ३० जनाको सहभागिता रहेको छ ।
कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया