‘ए’ डिभिजन लिग : संकटालाई हराउँदै उपाधि जित्ने दाउमा मनाङ

एजेन्सी । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत उपाधि होडमा रहेको मनाङ मस्याङ्दी क्लबले संकटा क्लबको सामना गर्दैछ । 

यी दुई क्लबबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो साढे २ बजेपछि खेल शुरु हुनेछ । यस खेलको नतिजाले यो सिजनको उपाधि छिनोफानो समेत हुनेछ । 

आजको खेलमा लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबलाई पराजित गरेमा मनाङ दुई खेल अगावै लिगको विजेता बन्नेछ । सात पटक यो प्रतियोगिताको उपाधि जितिसकेको मनाङ आठौँ पटक उपाधि जित्ने दाउमा रहेको छ ।

अपराजित मनाङले जारी लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेको छ । खेलेको १० औँ चरणको खेलसम्म मनाङले हार बेहोरेको छैन । मनाङले १० खेलबाट ३० अंक बनाइसकेको छ । 

त्यस्तै मनाङलाई सफल बनाउनका लागि फरवार्ड ओलावाले आफिजले ६ तथा अन्जन विष्टले ५ गोल गरेका छन् । मनाङले १० खेलमा ४ खेलमा मात्र गोल खाएको छ ।

त्यस्तै संकटा क्लबले लिगका १० खेलमा ८ खेलमा जित, एकमा बराबरी र एक खेलमा हार बेहोर्दै २५ अंक जोडेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?