कछुवाको गतिमा पूर्वाधार पुणर्निर्माणको काम, १३ औँ साग खेलकुद अन्योलमा

काठमाडौं । अग्रेजी वर्ष २०१९ शुरु हुन केही दिन मात्र बाँकी छ । सम्पूर्ण नेपालीहरु २०१८ लाई ‘बाईबाई’ गर्दै नयाँ वर्षलाई स्वागत गर्न आतुर छन् ।

तर, नेपालमा आयोजना हुने भनिएको १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को अहिलेसम्म मिती तय गर्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले ‘साग’ प्रतियोगिताको मिती सावर्ज्निक नगरेको प्रति दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अधिकारीहले चिन्ता व्यक्त समेत गर्न थालेका छन् ।

काउन्सिलका अधिकारीहरुका अनुसार सन् २०१९ भित्रै प्रतियोगिताको मिती तय नगरे नेपालले ‘साग’ आयोजनाको अवसर नै गुम्न सक्ने बताए । 

सागलाई लक्षित गर्दै पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती र  आवश्यक बजेट अझै तयार हुन नसक्दा प्रतियोगिता आयोजना अन्योलमा परेको खेलविज्ञहरुले बताए ।

दुई वर्ष अगाडि नेपालले यसैवर्ष साग खेलकुद सम्पन्न गर्ने भन्दै आयोजनाको जिम्मेवारी लिएको थियो । तर, अहिलेसम्म खेलकुदका संरचनाहरु समयमा नै निर्माण हुन नसक्दा प्रतियोगिता हुने नहुने केही भन्न नसकिने खेलकर्मीहरुले जानकारी दिए । 

के कारणले ‘साग’को मिती तय हुन सकेन ?

१३ औँ ‘साग’ खेलकुदलाई मध्यनजरमा राख्दै नेपालले दशरथ रंगशाला लगायत केही स्थानको पूर्ण निर्माण काम शुरु गरेको थियो ।

तर, निर्माण कम्पनी तोकेको समयमा रंगशाला बनाउन नसक्दा ‘साग’ खेलकुदको मिती तय गर्न नसकेको खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले लोकपथलाई जानकारी दिए । 

‘हामीहरुले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसके पछि मात्र १३ औँ सागको आयोजना गर्ने तयारीमा जुट्छौं’, उनले भने । 
साथै उपाध्यक्ष तिम्सिनाले आठौँ राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरुलाई नै बन्द प्रशिक्षणमा राख्दै सागको लागि तयार पार्ने समेत बताए । 

पछिल्लो पटक नेपाल सरकारले साग प्रतियोगिता सञ्चालनको मिती आगामी मार्च ९ देखि १८ तारिख तोकेको थियो । तर, तोकिएको समयमा नै प्रतियोगिता सम्पन्न गर्ने तयारी खेलकुद परिषद् लागि परेको देखिन्छ । यस अघि नै समयमा नै पूर्वाधारको निर्माण समयमा नै गर्न नसकिएको भन्दै दुई पटक मिती सारेको थियो ।

‘हाम्रो देशको भैगोलिकता, भुकम्पबाट भएको क्षती र समयमा नै पूर्वाधारको निमार्ण गर्न नसक्दा दक्षिण एशियाली ओलम्पिक काउन्सिलका कुरा चल्नु स्वभाविक हो, यसअघि म इन्डोनेशियामा जादा पनि ‘साग’ प्रतियोगिता आयोजना गर्न श्रीलंकालाई वा अरु राष्ट्रलाई दिने कुरा भएको थियो, अब दुई-तीन दिन भित्रैमा हामीहरु केही ठोस निर्णय सार्वजनिक गर्नेछौँ’, उनले लोकपथलाई बताए । 

साथै चिनले पनि पुर्वाधार निर्माण सहयोग गरिरहेको समेत उनले जानकारी दिए । उनले भने,  ‘अब माघ मसान्तसम्म पूर्वाधार निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीसँग तय भइसकेको छ, यो तोकिएको समयमा पनि पूर्वाधार निर्माण नसकिए पेनाल्टी चार्ज गछौँ ।’

साथै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनकोे पनि चाडैं नै निचोड निकाल्ने उपाध्यक्ष तिम्सिनाले बताए । 

नयाँ समयको लागि दक्षिण एशियाका सबै राष्ट्रबाट स्वीकृति लिनुपर्ने काम अझै नभएपछि दक्षिण एशियाली ओलिम्पिक काउन्सिलले समेत गम्भीर चिन्ता व्यक्त गरेको छ । 

यता नेपाल ओलिम्पिक कमिटी तथा दक्षिण एशियाली ओलिम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले सन् २०१९ भित्रै साग प्रतियोगिता आयोजना गर्ने कुरामा सबै राष्ट्रसँग छलफल गरेर निर्णयमा र्पुयाउन सफल हुने बताए । तर, २०१९ पछि पनि आयोजना हुन सकेन भने साग आयोजनामाथि ठूलो प्रश्न उठ्ने समेत जानकारी दिए ।

सरकारले १३ औं साग खेलकुको तयारीस्वरुप यो वर्ष पूर्वाधार निर्माण र तयारीको निम्ति साढे २ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो। यहि रकमबाट कतिपय नयाँ खेलस्थल निर्माण र केही पुराना खेल स्थलहरूको मर्मत सम्भार समेत भइरहेका छन् ।

प्रतियोगिता आयोजनाको मुख्य खेलस्थल दशरथ रंगशाला र पोखरामा पूर्वाधारको निर्माण काम भइरहेको छ । तर कति समयमा पुरा हुन्छ त्यसको भने अतो-पतो छैन । 

यता राष्ट्रिय खेलकुद परिषद्को इन्जिनियरिङ विभागका प्रमुख अरुण उपाध्यायले भने अर्को वर्षसम्म रंगशालाको स्वरूप तयार हुने भएपनि अन्य पूर्वाधार निर्माणका कामका लागि भने बजेट अभाव भएको लोकपथलाई जानकारी दिए । 

प्रतियोगिता आयोजनाको निम्ति खेलकुदमन्त्री जगत बहादुर सुनारको अध्यक्षतामा मूल आयोजक समिति समेत गठन भएको थियो । तर, उक्त समितिले अहिलेसम्म काम अगाडि बढाउन सकेको देखिएको छैन । 

यता खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सात राष्ट्रका हजारौँ खेलाडी, प्रशिक्षक, प्राविधिक र अधिकारीहरुलाई निम्त्याउने काममा निकै समय खर्चिनुपर्ने हुनाले काम सम्पन्न नहुने चिन्ता बढेको बताए । 

‘कति बजेट आउने हो हामीले मागेकै छैनौँ, निर्देशियाका समेत बनेको छैन तथा समितिहरुको बैठक बस्न सकेको छैन, यो गतिले समयमै साग गेम्स गर्न गाह्रो छ’, उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?