सेञ्चुरी बैंक र नयाँ नेपाल लघुवित्तले १९ लाख कित्ता शेयर लिलामी गर्दै

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नयाँ नेपाल लघुवित्तले १९ लाख १८ हजार ३७ कित्ता शेयर लिलामी गर्ने भएको छ । 

सेञ्चुरी बैंक र नयाँ नेपालको यसअघि जारी गरेका हकप्रदमा अवितरित १९ लाख १८ हजार ३७ कित्ता शेयर पुस १८ गतेदेखि लिलामीमा आउने भएको हो ।

सेञ्चुरीले १८ लाख ७० हजार २ सय ७४ कित्ता र नयाँ नेपाल लघुवित्तले ४७ हजार ७ सय ६३ कित्ता शेयरमा शिलबन्दी बोलपत्र आह्वान गरेका छन् ।

दुबै कम्पनीको लिलामी शेयरमा पुस २५ गते सम्ममा बोक कलोल गर्न सकिने जनाइएको छ । भने दुवै कम्पनीको लिलामी शेयर एक जनाले दुईवटा आवेदन गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?