‘जापान टोकियो’ गीतका गायक राजेन्द्र लम्सालको निधन

लोकपथ
147
Shares

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ ।

१२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायकको सोमबार राती निधन भएको । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले)को बुवा हुन् ।

राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तिन फुदा’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ’आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।

‘जापान टोकियो’ उनको सर्वाधिक हिट गीत हो ।

आचार्यको पार्थिव शरिरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?