खेल श्रमसंस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको युगमा खेलकुद राष्ट्रको गौरव भएको बताएका छन् । ।

मगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत रहेको समेत बताए ।

प्रधानमन्त्रीले भने, ‘आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ । जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।’

त्यस्तै खेलकै कारण ठूलाठूला युद्ध, मानवसिर्जित विपत्तिहरु समेत समाधान भएको बताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ काम गरेको समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको छ । साथै खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?